सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले बाटो खन्दा दार्चुलाको माल्पा क्षेत्रमा खसेका चट्टान हटाउने काम सुरु

२०७७ माघ २१, १२:४१ नरेन्द्र कार्की

दार्चुला: बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेका चट्टान हटाउने काम सुरु भएको छ।अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम सुरु गरिरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्पा क्षेत्रमा चट्टान खसेको थियो। महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको थियो। 

सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ। 

टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ। 

पहिरो खसेको ठाउँ दार्चुलाको व्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस