सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढीमा गैरकानुनी रुपमा तालिम सञ्चालन हुँदै’ समाचारमा फ्यूचर लाइनको प्रष्टिकरण

२०७७ माघ २०, ०४:५१ खबर संवाददाता

धनगढीः धनगढीमा प्राविधिक तालिम सञ्चालन गर्दै आएको फ्यूचर लाइन इन्स्टिच्यूट अफ टेक्नोलोजीले तालिमको लागि स्वीकृति लिए पनि तालिम सञ्चालन नगरेको दाबी गरेको छ।

व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट छोटो अवधिको तालिम सञ्चालनका लागि स्वीकृति लिए पनि हालसम्म छोटो अवधिको तालिम सञ्चालन नगरेको बताएको हो। दिनेश एफएम तथा दिनेशखबरमा ‘धनगढीमा गैरकानूनी रुपमा तालिम सञ्चालन हुँदै, २ वर्षसम्म तालिम दिएर ३ महिनाको प्रमाणपत्र’ भन्ने शिर्षकको समाचार सोमबार प्रशारण तथा प्रकाशन भएको थियो। सो समाचारमा आफ्नो संस्थाको नाम समेत समावेश भएको भन्दै सो संस्थाका तालिम प्रमुख विष्णु बयालले मंगलबार जानकारी पत्र पठाउँदै प्रकाश पारेका हुन्।

साथै संस्थाले विगत ४ वर्षदेखि सीटीईभीटीबाट स्वीकृत प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस