सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबार सुदूरपश्चिममा एक जनामा मात्र कोरोना पुस्टि

२०७७ माघ १९, ०७:०९ खबर संवाददाता

धनगढी : सोमबार सुदूरपश्चिम प्रदेशमा ७७ जनाको नमूना परीक्षण गर्दा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

प्रदेशका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सेती अस्पतालको प्रयोगशालामा ३४ जनाको नमूना परीक्षण गरिएको र अछामको कमलबजार प्रयोगशालामा १० जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

त्यस्तै बझाङ अस्पतालको प्रयोगशालामा २६ जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। 

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय १७ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये १२ हजार ७ सय ८ जनाले कोरोना जितेका छन् भने ७७ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस