सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डिउटीमै मदिरा सेवन गर्ने प्रहरी नियन्त्रणमा

२०७७ माघ १९, ०१:३९ खबर संवाददाता

धनगढी: धनगढीमा डिउटीमै मदिरा सेवन गरेको पाइएपछि एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ। 

अस्थायी प्रहरी पोष्ट चटकपुर कार्यरत प्रहरी जवान किशोर विष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

नियन्त्रणमा लिएर उनीमाथि आन्तरिक छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

कमेन्ट लोड गर्नुस