सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका कोरोना संक्रमितको मृत्यु

२०७७ माघ १९, ११:२० खबर संवाददाता

धनगढी : नेपालगञ्जमा कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको जोशीपुर गाउँपालिकाका ८३ वर्षीय बृद्धको आइतबार मृत्यु भएको हो । 

उनको स्वास्थ्यमा समस्या देखिएपछि माघ ६ गते भेरी अस्पताल लगिएको र भोलिपल्ट (७ गते) उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले बताएको छ ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ । 


 

कमेन्ट लोड गर्नुस