सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशको लागि प्राणको आहुति दिने शहीदलाई राज्यले सम्मान दिएन : शहीद परिवार

२०७७ माघ १६, ०८:१७ विन्दु चन्द


शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई विसं १९९७ सालमा तल्कालीन राणा शाषकहरुले मृत्यु दण्ड दिए। उनीहरुकै सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिएको छ। 

सोही अनुसार सुदूरपश्चिममा पनि जनस्तरबाट शहीदहरुको सम्झना गर्दै दिवस मनाइएको हो। दिवसको अवसरमा शहीदको सम्मानमा बैतडीको दशरथ चन्द नगरपालिकाले सार्वजनिक विदा दिएको थियो। 

तर संघीय सरकार तथा प्रदेश सरकारबाट शहीदहरुलाई उपेक्षा भएको गुनासो बढको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले कार्यक्रमका लागि कुनै आदेश नआउँदा कार्यक्रम नगरिएको बताए।

देशका लागि ज्यान समर्पण गरेका शहीदहरुको सम्झना सरकारी स्तरबाट नगरिएपछि दुःखव्यक्त गरिएको छ। अहिले विगतमा जस्तो सहिदले सम्मान नपाउनु दुर्भाग्यपूर्ण भएको बताइएको छ। 

शहिद भीम दत्त पन्त स्मृति प्रतिष्ठानका राष्टिय अध्यक्ष तथा शहिद भीम दत्त पन्त परिवार सदस्य समेत रहेका डडेल्धुराका लोकराज पन्तले सहिदका सपना, राष्ट्र र राष्ट्रियताको पक्षमा दिएको बलिदानको मुल्यांकनै नभएको गुनासो गरे। 

अहिले आएर शहीदको परिचय फेरिनुले पनि वास्तविक शहीहरुले सम्मान पाउन नसकेको गुनासो बढ्दै गएको साहित्कार मनिराज जोशी पनि बताउँछन्। सुदूरपश्चिमा जन्मिएर राष्ट्रका हितमा लड्ने क्रममा ज्यानको आहुति दिएका शहिद दशरथ चन्द र शहिद भीमदत्त पन्तले उचित स्थान पाउन नसकेको उनको भनाइ छ।

वि.सं. १९६० असार १७ गते बैतडीको बस्कोटमा जन्मिएका शहीद दशरथ चन्दको तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। भने, विस  १९८३  मंसिर १० गते  गते डडेल्धुराका घटाल करिगाउँमा जन्मिएका शहीद भीमदत्त पन्तलाई  २०१०  श्रावण १७ गते आलितालको जंगलमा गोली हानी मारिएको थियो।  

 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस