सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थापना दिवसको अवसरमा अमरगढी नगरपालिकाद्वारा एकल तथा ज्येष्ठ नागरिकलाई सम्मान

२०७७ माघ १३, ०७:१५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाले नगरभित्रका एकल तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। 

आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा नगरभित्र रहेका २२ नागरिकलाई नगरपालिकाले सम्मान गरेको हो। जसमा ११ एकल नागरिक र ११ ज्येष्ठ नागरिक रहेका छन्। 

दोसल्ला र टिका लगाएर प्रतिव्यक्ति ३ हजार रूपैयाँसहित सम्मान गरिएको नगरपालिकाका सूचना अधिकारी लाल साउँदले बताए। 
 

कमेन्ट लोड गर्नुस