सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको डायलासिस सेवा ‘आफै बिरामी’, अस्पताल प्रशासन निरीह

२०७७ माघ १३, ०८:४३ विन्दु चन्द

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिस सेवा सुरु गरेको ३ वर्ष भएको छ। अस्पतालभित्रै डायलासिस सेवा सञ्चालन गर्न अस्पतालले विरगं हेल्थ केयर प्रालि सँग सम्झौता गरेको छ।

तर विरगं हेल्थ केयर प्रालिले सम्झौता अनुसार काम नगरेको र मेसिनको उपलब्धता समेत नगरेको गुनासो विरामीहरुले गर्दै आएका छन्। डायलासिसका बिरामीहरुले उपचारको लागि अन्यत्र जानु पर्ने बाध्यता रहेको बताएका छन्।

विगत ५ वर्षदेखि आफ्नी पत्नीको डायलासिस भारतमा गराउँदै आएका कञ्चनपुरका धिरेन्द्र सिनालले भने, ‘धनगढीको ल्याबमा सेम्पल टेस्ट बाहेक अरु टेस्ट नै हुँदैन। हेपाइटाइटिसको उपचार गरेको बिरामीलाई सीबीआरएमए टेस्ट गर्नु पर्ने हुँदा सो टेस्ट नहुँदा भारतमा डायलासिस गराउनु परेको छ।’  

सेती प्रादेशिक अस्पतालकै डायलासिस वार्डमा उपचार गराइरहेका विरामीहरुले पनि डाइनेजर हरेक दिन हाल्ने र फाल्ने गर्दा आफुहरुलाई समस्या भइरहेको गुनासो गरेका छन । दोस्रो तेस्रो पटक हाल्दा ज्वरो आउनेलगायतका समस्या हुने गरेको गुनासो उनीहरुको छ। 

सेती अस्पतालभित्रै डायलासिस गराइरहेकी पुनर्वासकी पुर्ण विकले भनिन, “कति पटक व्यवस्थापकलाई यो कुरा भनिसक्यौँ उनीहरुले सुन्दै सुन्दैनन् ।”

अस्पताल र बिरंग हेल्थ केयर प्रालिबीच भएको सम्झौता अनुसार १० वटा मेसिनबाट सेवा सुरु गर्नु पर्ने भएपनि हालसम्म ७ वटा मात्रै सञ्चालनमा रहेको पाइएको छ । सो सेवा सञ्चालन गरिएको ३ वर्ष भइसकेको छ। आफुहरुले सेवा प्रवाहका लागि पटक–पटक ताकेता गर्दा पनि आज भोलि गर्ने भन्दै पञ्छिरहेको बताउँछन् सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ।

तर विरंग हेल्थकेयर प्रालिले पहिले भन्दा हाल राम्रो सेवा प्रवाह गर्दै आएको दाबी गरेको छ। सो सेवा सञ्चालनमा आएदेखि अहिलेसम्म डायलासिसका लागि ३३२ जनाले नाम दर्ता गराइको बताइको छ। ती मध्ये १४७ जनाले सेवा लिरहेका छन्। 

विरंग हेल्थ केयर प्रालिका स्टेशन म्यानेजर दिपक भट्टले अहिले दैनिक २१ जनालाई सेवा दिरहेको बताए । उनले विरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसीनहरु थप गरिरहेको दाबी गरे। 

हाल ८ वटा मेसिन भएपनि ७ ओटा स१चालनमा छन्। एउटा बिग्रिएको हुँदा छिट्टै सञ्चालनमा ल्याउने उनको भनाइ छ। 

आम सर्वसाधारणको औषधोउपचारको एक मात्र आशा र भरोसाको केन्द्र बिन्दु सेती प्रादेशिक अस्पताललाई मानिन्दै आइएको छ। अस्पतालको सेवालाई थप प्रभावकारी बनाउनतर्फ सरोकारवाला निकाय जिम्मेवार बन्न जरुरी छ।


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस