सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ३ सहित १६ डीएसपीको एसपीमा बढुवा सिफारिस

२०७७ माघ १२, ०८:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका ३ सहित १६ जना डीएसपीलाइ एसपीमा पढुवाको सिफारिस गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायर उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्ट र कैलालीकाे धनगढी घर भएका श्याम सिंह चौधरीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको सिफारिस गरिएको हो। चाैधरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखा नक्सालमा कार्यरत छन्।

थापाका अनुसार सोमबार साँझमात्र प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा सुदूरपश्चिमका ३ जना डीएसपी अटाएका हुन्। 

कमेन्ट लोड गर्नुस