सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मालपोतका प्रमुखद्वारा पत्रकारमाथि आफ्नै कार्यकक्षमा दुर्व्यवहार

२०७७ माघ ११, ०७:०४ खबर संवाददाता

धनगढीः भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले पत्रकारमाथि आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेका छन्।

आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई प्रमुख केसीले दुर्व्यवहार गरेका हुन्।

कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका बेला केसीले आफूमाथि हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेको पत्रकार श्रेष्ठले बताए। 

श्रेष्ठले मालपोत प्रमुख केसीले कर्मचारीको बचाउ गर्दै आफूमाथि दुर्व्यवहार गरेको जनाए।

तर मालपोत कार्यालयका प्रमुख केसीले भने आफूमाथि लगाइएको आरोप गलत भएको बताएका छन्। 

उनले पत्रकार आएर आफूमाथि धक्याउनु खोज्दा कार्यकक्षबाट बाहिर निस्किएको बताउँदै आफूले दुर्व्यवहार नगरेको दाबी गरेका हुन्।  
 

कमेन्ट लोड गर्नुस