सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सीटीईभीटी’को नाममा धनगढी मल्टिस्किल इन्स्टिच्युटबाट ठगिएका सयौं विद्यार्थीकाे भविष्य अन्योलमा

२०७७ माघ १०, ०६:३६ लखन चौधरी

धनगढीः झण्डै डेढ वर्षपछि कैलालीको धनगढीस्थित मल्टिस्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकहरु पक्राउ परेका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)को नाम बेचेर विद्यार्थीबाट लाखौं रकम ठगी गर्ने सो इन्स्टिच्युटका सञ्चालक राजाराम चौधरी र चौधरीका सहयोगी शिवकुमार चौधरीलाई प्रहरीले विहिबार पक्राउ गरेको हो।

गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थायी स्थायी घर भएका चौधरी र उनका सहयोगीलाई लम्कीचुहा नगरपालिका वडा नम्बर ९ धनचैया भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

इस्टिच्युट सञ्चालक पक्राउ परेपनि ठगीमा परेका विद्यार्थीहरु भने आफुहरुको पैसा फिर्ता हुने हो कि, होइनबारे चिन्तित बनेका छन्। आफुहरुको पैसा र समय सँगै करियर नै बर्बाद भएको दुखेसो सुनाउँदै उनीहरुले पैसा फिर्ता भए धेरै राहत मिल्ने आशा व्यक्त गरेका छन्।

धनगढी उपमहानगरपालिका ८ का प्रकाश साउँद पनि डेढ वर्ष अगाडि सोही इन्स्टिच्युटमा जेटीए पढ्ने भन्दै भर्ना भएका थिए। तर ठगी मुद्दा लागेपछि इस्टिच्युट नै बन्द भएपछि र सञ्चालक नै फरार भएपछि उनले जेटीए पढाइ शुल्क भन्दै बुझाएको लाख रुपैयाँ र पढाइ नै चौपट भयो।

हाल चितवन जिल्लास्थित अमर कलेजमा जेटीए अध्ययनरत साउँदले दिनेश खबर सँग भने, “भविष्य बनाउन पैसा र समय खर्च गरेका थियौ, तर भविष्य नै बर्बाद बनाए। सञ्चालक पक्राउले खुशी लाग्यो। तर हाम्रो पैसा फिर्ता हुन्छ कि, हुँदैन चिन्तामा छौ।”

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडकी विनिता चौधरी पनि सो इस्टिच्युटमा डेढ वर्षअघि १८ महिने जेटीए पढ्ने भन्दै भर्ना भएकी थिइन्। उनले करिब आफ्नो डेढ लाख रुपयैयाँ खर्च भएको बताउँछिन्। अरु कलेजमा सोही सरहको परीक्षा हुने तर आफुहरुको परीक्षा नभएपछि मात्रै ठगिएको रहस्य खुलेको बताउँछिन््। ठगको हातमा परेपछि शिक्षामा गरेको लगानी सँगै आफ्नो जिन्दगी माथि नै खेलवाड भएको उनको दुखेसो छ।

“सुनौलो जीवनको परिकल्पना गरेर भर्ना भएकी थिए। तर ठगको हातमा परेपछि हाल त्यतिकै घरमा बस्नु परेको छ। यत्रो लगानी, समयको बर्बादीपछि हाल दोधारमा छु” दिनेशखबर सँग उनले पीडा पोखिन्। 

साउँद र विनिता मात्रै होइन सो इस्टिच्युटबाट १ सय बढी विद्यार्थी ठगिएका थिए्। हालसम्म उनीहरु अन्योलमा परेका छन्।

राजारामको ठगी धन्दा
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो इन्स्टिच्युटमा अध्ययनरत ११८ जना विद्यार्थीबाट सञ्चालक चौधरीले ४९ लाख लाख ८ हजार ४ सय असुली गरेको भेटिएपछि ठगी मुद्दा चलाएको थियो। सो मुद्दामा जिल्ला अदालतले २ महिना कैद र ३ लाख ८ हजार जरिवानाको फैसला सुनाएको थियो। प्राविधिक विषय पढाउने कलेज रहेको कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीहरुबाट रकम असुली गरिएको थियो।  

विहिबार पक्राउ परेका सञ्चालक चौधरी र उनको सहयोगीलाई प्रहरीले धनगढी उपहानगरपालिका वडा नम्बर १ की अनिता चौधरीको भारतबाट बि.एससी नर्सिङ पास गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भनी ५ लाख लिएर फरार भएको उजुरीका आधारमा पक्राउ गरेको हो।

सम्बन्धित समाचार

धनगढीमा फर्जी कलेज सञ्चालकसहित २ जना पक्राउ

धनगढीमा फर्जी कलेज चलाएर आधा करोड ठग्ने सञ्चालक अझै फरार

 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस