सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फर्जी कलेज सञ्चालकसहित २ जना पक्राउ

२०७७ माघ ९, ०७:०२ खबर संवाददाता

धनगढी- धनगढीमा वर्षाैदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहितका २ जना पक्राउ परेका छन्। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को नाम बेचेर फर्जी रुपमा  इन्स्टिच्युट सञ्चालन गरेर विद्यार्थीबाट लाखौँ रकम ठग्ने सञ्चालक राजाराम चौधरी र चौधरीका सहयोगी शिवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले अनुमति बिना गैरकानूनी रुपमा कलेज सञ्चालन गर्ने राजारामलाई बिहीबार लम्कीचुहा नगरपालिका वडा नम्बर ९ धनचैयाबाट पक्राउ गरिएको बताए। गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थायी ठेगाना भएका चौधरीलाई भिनाजुको घरमा लुकेको बेला पक्राउ गरिएको हो भने उनका सहयोगी शिवकुमार चौधरीलाई कैलारी गाउँपालिका वडा नम्बर ९ बाट पक्राउ गरिएको हो। 

उनीहरु दुबै जना धनगढी उपहानगरपालिका वडा नम्बर १ की अनिता चौधरीको भारतबाट बि.एस.सी नर्सिङ पास गरेको प्रमाण पत्र त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भनी ५ लाख लिएर फरार भएको उजुरीका आधारमा पक्राउ परेका हुन्। 

यसअघि धनगढीमा सञ्चालित इन्स्टिच्युटमा अध्ययनरत एक सय १८ जनाबाट चौधरीले ४९ लाख लाख ८ हजार चार सय असुली गरेको भेटिएपछि प्रहरीले ठगी मुद्दा चलाएको थियो। सो मुद्दामा जिल्ला अदालतले २ महिना कैद र तीन लाख ८ हजार जरिवनाको फैसला सुनाएको थियो।  

प्राविधिक विषय पढाउने कलेज रहेको कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीहरुबाट रकम असुली गरिएको थियो।  

सम्बन्धित समाचारहरु

धनगढीमा फर्जी कलेज चलाएर आधा करोड असुली, सञ्चालक फरार

धनगढीमा फर्जी कलेज चलाएर आधा करोड ठग्ने सञ्चालक अझै फरार

कमेन्ट लोड गर्नुस