सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार सुदूरपश्चिममा १ सय ३७ नमुना परीक्षण, थप १५ जनामा कोरोना पुस्टि

२०७७ माघ ९, ०६:०१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा १ सय ३७  जनाकोे नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

प्रदेशका ३ वटा प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा १ सय ३७ जनाको नमूना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय २८ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको कार्कीले बताए। 

त्यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १ जनाको नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ७७ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये १२ हजार ४ सय ६८ जनाले कोरोना जितेका छन् भने ७४ जनाको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस