सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसले छोरी पाउने आशामा १३ छोरा जन्माए

२०७७ माघ ९, ०४:०९ खबर संवाददाता

ब्राजिलका एक दम्पत्तिले छोरी पाउने आशै आशमा १३ छोरालाई जन्म दिएका छन् । 

ती दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् ।

दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् । यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् ।

ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसार एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् ।

कमेन्ट लोड गर्नुस