सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरीमा संलग्न व्यक्तिकाे पहिचान लुकाउँदै प्रहरीले बरामद भएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझायो

२०७७ माघ ९, ०३:११ खबर संवाददाता

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीपछि बरामद गरिएको मोटरसाइकल सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ।

धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका खेमकुमार चोखालको होण्डा कम्पनीको युनिकर्न १६० सीसीको से ४ प ९१४३ नम्बरको मोटरसाइकल माघ ८ गते बिहान १० बजे धनगढी चटकपुरस्थित बर्षा होटल नजिकबाट चोरी भएको थियो।

सो मोटरसाइकल धनगढी उपमहानगरपालिका १ बाट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

बरामदपछि सो मोटरसाइकल धनीलाई बुझाएको प्रहरीले जनाएको हो। तर प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको भन्दै चोरीमा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गर्न मानेको छैन।

बेवारिसे रुपमा समेत नभेटिएकोले सो मोटरसाइकल चोरीमा संलग्न व्यक्तिको पहिचान प्रहरीले लुकाउन खोजेको आशंका गरिएको छ।

कमेन्ट लोड गर्नुस