सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप एक जनाकाे मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ९, ०२:४३ खबर संवाददाता

कोरोना भइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

बाँकेको भेरी अस्पतालमा र सुर्खेतको भेरीगंगा नगरपालिका ९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६ः५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर परीक्षणमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक सपोर्टमा उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कमेन्ट लोड गर्नुस