सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम तथा खाद्य पदार्थको मूल्य वृद्धि फिर्ता गर्न अनेरास्ववियू डडेल्धुराको माग

२०७७ माघ ७, ०१:३४ खबर संवाददाता

धनगढी: नेकपाको भातृ संगठन अनेरास्ववियू डडेल्धुराले पेट्रोलियम तथा खाद्य पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ।

बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियू डडेल्धुराले सो माग राखेको हो। 

कोरोना कहरले देश नै थिलोथलो भएको अवस्थामा पेट्रोलियम तथा खाद्य पदार्थकाे मूल्य वृद्धि गर्नु जनताको ढाड सेक्ने काम भएको अनेरास्ववियूका जिल्ला अध्यक्ष सन्तोष भट्टले बुझाएको उक्त ज्ञापनपत्रमा उल्लेख छ। 

‘अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुसार स्वचालित मूल्य प्रणाली कायम गर्ने प्रचलन र साझेदारीलाई लत्याउँदै गरिएको निर्णयलाई तत्काल खारेज गर्न हाम्रो संगठन अनेरास्ववियू डडेल्धुरा जोडदार माग गर्दछ’ ज्ञापनपत्रमा भनीएको छ। 

कमेन्ट लोड गर्नुस