सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम जेसिजको अध्यक्षमा न्यौपाने

२०७७ माघ ६, ०७:११ खबर संवाददाता

अछाम: जेसिज अछामको नयाँ कार्यसमिति चयन भएको छ। सहमतीको आधारमा जेसिज अमरनाथ न्यौपानेको अध्यक्षतामा वर्ष २०२१ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यसमितिको कार्यकारी उपाध्यक्षमा हरिशचन्द्र रावल, सिद्धराज ढुंगाना, महासचिवमा टेकराज भण्डारी, कोषाध्यक्षमा दिपीका कुँवर, उपाध्यक्षमा मनकला न्यौपाने, रञ्जना खनाल, सुर्य परियार र लक्ष्मण शाही र कानुनी सल्लाहकार आकांक्षा शाही लगायतका पदाधिकारी रहेका छन्।

वर्ष २०२० अध्यक्ष तुलाराम बिसीको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहेकी थिइन। 

कमेन्ट लोड गर्नुस