सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु भाषाको फिल्म ‘बीरा’को छायांकन सुरु

२०७७ माघ ६, ०६:५८ खबर संवाददाता

धनगढीः केही साताअघि शुभ मुहूर्त भएको थारु फिल्म बीराको छायांकन सुरु भएको छ।

फिल्मको कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–६, सिंहपुर गाउँमा मंगलबारदेखि छायांकन सुरु गरिएको हो।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण हमालले एक कार्यक्रमका बीच रिवन काटेर फिल्म छायांकनको उद्घाटन गरेका थिए। 

सो अवसरमा नगरपालिकाको वडा नं. ६ को वडा अध्यक्ष नत्थु चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष विनय वैध, गायिका सोमती थारु, फिल्मका निर्देशक सुधराम दहित, सहायक निर्देशक आर्दश महतो, महिमा कुश्मी, सुनिता चौधरीलगायतको उपस्थिति रहेको थियो।

हमार म्युजिक बगिया र विन्दास मिडियाको प्रोडक्सनमा निर्माण भइरहेको फिल्मको प्रोडक्सन म्यानेजरमा फेरु चौधरी र बालकृष्ण चौधरी रहेका छन्।

फिल्मको स्क्रीप्ट लेखन सुवेश कठरियाले गरेका छन्। भने क्यामेरामा साहिल चौधरी रहेका छन्।

फिल्ममा वीर चौधरी, सामु चौधरी र विनय वैद्यको रहेको मुख्य भूमिका रहेको प्रोडक्सन म्यानेजर बालकृष्ण चौधरीले जानकारी दिए।

युवाहरुको समस्या र निकासलाई प्रमुख विषयवस्तु बनाइएको फिल्मको लागत ५० लाख अनुमान गरिएको छ।

फिल्मको छायांकन कैलाली, कञ्चनपुर र बर्दियामा हुने जनाइएको छ। आउँदो नयाँ वर्षसम्म छायाङ्कनको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस