डडेल्धुरामा ट्याक्टर दुर्घटना अपडेटः घाइते ५ जनाको परिचय खुल्यो
डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा घाइते भएका पाँचै जनाको परिचय खुलेको छ।
घाइते हुनेमा अमरगढी नगरपालिका–२ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ३५ वर्षीय सुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका–६ कञ्चपुरका ४० वर्षीय रामभरोसा राना रहेको प्रहरीले जनाएको छ।
उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
दुर्घटनमा परि अमरगढी नगरपालिका–२ कुस्मालीका ३५ वर्षीय गणेशबहादुर ऐरको मृत्यु भएको थियो।
मंगलबार दिउँसो पौने ३ बजेतिर जिल्ला सदरमुकामबाट कुस्माली गाउँ जाँदै गरेको से१त ३८१३ नम्बरको ट्याक्टर ओरालो कच्ची सडकबाट केही तल खसेको थियो।