सुदूर नेपाललाई विश्वसँग जोड्दै

पतीले विवाह भएको ५ वर्षसम्म पनि नछोएपछि अत्महत्या गरेकी प्रियाको त्यो नोट, जो बनेको थियो भाइरल

२०७७ माघ ५, ०४:४५ खबर संवाददाता

एजेन्सी: मृत्यु रोज्नुअघि एक डाक्टरले लेखेको सुसाइडले संसारभर चर्चा पाएको थियो।

सन २०१५ तिरको उक्त घटनाअघि अलइन्डिया मेडिकल इन्सिच्युट(एम्स) की डाक्टर प्रिया वेदीले फेसबुकमा सुसाइड नोट लेखेकी थिइन्। उक्त नोट भारत लगायत सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

विवाहपछि सजाएका सबै सपना भताभुङ भएपछि जीवन मरुभूमिमा परिणत भएको भन्दै प्रियाले देह त्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए। 

उनले फेसबुकमा लेखेको नोट यस्तो थियो:

हेल्लो, म पछिल्लो पाँच वर्षदेखि डा. कमल वेदीसँग दाम्पत्य जीवन बिताइरहेकी छु। दाम्पत्य जीवनको महत्वपूर्ण अंश यो अवधिमा हामीबिच कहिल्यै भएन।

विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन मेरा श्रीमान् तयार भएनन्।

एकदिन मैले फेक इमेल आइडी भेट्टाएँ, जसको माध्यमबाट मेरा श्रीमान् समलिंगीहरुसँग कुरा गर्थे, पोर्न साइटहरु हेर्ने गर्थे।

यो इमेलमा रहेका सबै म्यासेज हामीले विवाह गर्नुपहिलेका थिए। जब मैले यसबारे श्रीमानसँग कुरा राखेँ। उनले भने, ‘मेरो इमेल कसैले ह्या क गरिदिएको छ।’

कमेन्ट लोड गर्नुस