सुदूर नेपाललाई विश्वसँग जोड्दै

संगीतकार संघ नेपालको नयाँ कार्यसमिति चयन

२०७७ माघ ४, ०३:२१ खबर संवाददाता

काठमाडौं: संगीतकार संघ नेपालको १०औं वार्षिक साधारण सभाले संगीतकार पारस मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ।

शनिबार  बागबजारस्थित हार्दिक होटलमा सम्पन्न साधारण सभाले चयन गरेको नयाँ कार्य समितिमा चेतन सापकोटा वरिष्ठ उपाध्यक्षमा चयन भएका छन्।

यसैगरी संघको प्रथम उपाध्यक्षमा हरि लम्साल तथा द्वितीय उपाध्यक्षमा अष्ट लामा चयन भएका छन्।

संघको महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा तथा कोषाध्यक्षमा राजेश थापा चयन भएका छन्।

यसैगरी संघको नयाँ कार्यसमितिका सदस्यहरुमा जेम्स प्रधान, राजन ईशान, टंक बुढाथोकी तथा काली प्रसाद बास्कोटा चयन भएका छन्।

तत्कालीन अध्यक्ष शान्तिराम राईको सभापतित्वमा सम्पन्न साधारण सभामा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथिको रुपमा रहेका थिए।
 

कमेन्ट लोड गर्नुस