दार्चुला: अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले स्थापना कालदेखी हालसम्म १२ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ।
२०६७ साल असाढ २८ स्थापना भएको संरक्षण क्षेत्र कार्यालयले वन क्षेत्र, यार्सागुम्बा, दण्ड जरिवाना, पदयात्रा र पर्वतारोहण शुल्क, प्रशासनिक सेवा शुल्क लगायतका क्षेत्रबाट राजस्व संकलन गरेको हो।
आर्थिक वर्ष ०६७/०६८ सालमा स्थापना भएको कार्यालयले गत आर्थिक वर्षको असार मसान्त सम्ममा कुल १२ करोड ३४ लाख ३६ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरले बताए।
चालु आर्थिक वर्षको ६ महिनासम्म संरक्षण क्षेत्र कार्यालय दार्चुलाले ९० लाख ६५ हजार ६सय २९ रुपैँया राजस्व सकंलन गरेको बताइएको छ।