सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका नव विवाहित दुलहादुलहीद्वारा खाद्यान्न र कपडा सहयोग

२०७७ माघ ४, ०२:०६ खबर संवाददाता

धनगढी: धनगढीका नव विवाहित दुलहादुलहीले खाद्यान्न र कपडा सहयोग गरेका छन्।

उपमहानगरपालिका–४ निवासी नवविवाहित दम्पति रुपेश खड्का र यमुना कठायतले अनाथआश्रम तथा सडकबाट उद्धार गरिएका बेसाहरा महिलालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका हुन।

बाबा टेलिभिजन तथा केबुलका सञ्चालक तथा कैलाली उद्योग वाणिज्य संघका सदस्य खड्का र उनकी धर्मपत्नीले आफ्नो वैवाहिक सम्बन्ध गाँसिएको अवसरमा आइतबार विहान सो सामाग्री सहयोग गरेका हुन।

खड्का दम्पतिले धनगढी–५ मा रहेको आमाको माया छात्राबासमा रहेका बालबालिकालाई १२ थान ब्लाङकेट र धनगढी–७ मा रहेको दृष्टि फाउण्डेशनलाई ५ बोरा चामल,  १० किलो दाल, एक कार्टुन तेल र १२ किलो नुन सहयोग गरेका हुन।

कमेन्ट लोड गर्नुस