सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब १३ वर्षीय बालकको लिङ्ग परिवर्तन गरि बलात्कार गरियो...

२०७७ माघ २, ०७:४९

धनगढी : भारतको राजधानी दिल्लीमा एक बालकको लिङ्ग परिवर्तन गरि ६ जनाको समूहले बलात्कार गरेका छन् ।

दिल्लीको गीता कलोनी क्षेत्रका ती बालकको सो समूहका एक व्यक्तिसंग करिब ३ वर्ष पहिले एक डान्स इभेन्टमा भेट भएको थियो । ती व्यक्तिले ती बालकलाई नृत्य सिकाउने भनी आफूसंगै लगेर गएका थिए । केही समय उनले नृत्य पनि गरे र त्यस वाफत उनलाई केही पैसा पनि दिइन्थ्यो । पछि उनले ती बालकलाई त्यहीँ बस्नुपर्ने बताए । विस्तारै उनलाई नशालु पदार्थ सेवन गराईन थालियो र जबरजस्ति लिङ्ग परिवर्तनको अप्रेशन गराइयो ।

उनलाई हर्मोनका केही इन्जेक्सन दिन थालियो । जसले गर्दा उनी केटी जस्तै देखिन थाले । पछि ती व्यक्तिका अन्य पाँच जना साथीसहित उनको सामूहिक बलात्कार गरिन थालियो । त्यति मात्र नभई त्यहाँ अन्य युवकहरु पनि आएर जबरजस्ति करणी गर्ने गर्दथे । ती बालकलाई भीख माग्न पनि लगाइन्थ्यो ।

केही समयपछि त्यहाँ एकजना ती बालकले चिनेकै व्यक्तिलाई ल्याइयो । ती व्यक्तिलाई लिङ्ग परिवर्तन गरिएका बालकले चिन्दथे । तर उनलाई कसैसंग पनि आफूसंग गरिएको दुव्र्यवहारबारे बताए उनका परिवारका अन्य सदस्यलाई मार्ने भन्दै धम्क्याइएको थियो । ती बालकलाई भीख माग्न पठाउँदा उनी आफ्नी आमासंग भेट्न जान्थे ।

मार्च २०२० मा लकडाउनपछि ती बालक र उनका साथी त्यहाँबाट भागे । ती बालक आफ्ना साथीसहित आमा बुवा र भाईसंग बस्न थाले । तर बलात्कारी समूहले तिनको खोजी गरी कुटपिट गर्दै, पैसा लुटी फेरी पनि करणी गरेर गए । पछि ती बालक र उनको साथी त्यहाँबाट भागे र नयाँ दिल्ली रेलवे स्टेशनमा लुकेर बस्न थाले ।

भोलिपल्ट एक वकिलले बच्चाहरूलाई त्यहाँ देखे, उनले तिनीहरूलाई दिल्ली महिला आयोगमा लगेर बुझाए । ती बालकले भने -"प्रहरीले पटक पटक उजुरी फिर्ता लिन आग्रह गरिरहेको छ र दबाब दिइरहेको छ, यदि एफआईआर दर्ता भयो भने मैले पनि जेल जानु पर्छ ।"

उनी भन्छन् उनको लिङ्ग परिवर्तन भएको बेला उनको अवस्था बिग्रिएको थियो । जब उनकी आमा भेट्न आइन्, तब ती युवकहरुले पेस्तोल देखाउँदै उनका अरु छोराहरुको पनि त्यस्तै हालत बनाइदिने भन्दै धम्क्याएको बताइन् र बाध्यतावश छोरासंग दुरी बनाउनु परेको बताइन् ।

दिल्ली महिला आयोगकी सदस्य सारिका चौधरीले तुरुन्त यस मुद्दामा एफआईआर दर्ता गरिन् । धारा ३७७, ३६३, ३२६, ५०६, ३४१ र पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । आयोगले पीडितहरुलाई कानुनी रुपमा सहायता गरी उनीहरुको पुनःस्थापना र संरक्षणका लागि कार्य गरिरहेको छ । आरोपीहरुमध्ये २ जना पक्राउ परिसकेका छन् र बाँकीको खोजी भइरहेको छ । आजतक बाट

कमेन्ट लोड गर्नुस