शुक्रबार सुदूरपश्चिममा १८ नमुना परीक्षण, १ जनामा कोरोना पुस्टि
२०७७ माघ २, ०५:०६
धनगढी : शुक्रबार सुदूरपश्चिममा १८ नमुना परीक्षण गर्दा थप एक जनामा मात्र कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा मात्र कारोना संक्रमण पुस्टि भएको हो ।
प्रदेशका अन्य प्रयोगशालामा भने आज कोरोना परीक्षण गरिएको छैन ।
हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय २४ पुगेको छ ।
प्रदेशभर संक्रमण पुष्टि भएका १२ हजार १ सय ७२ जनाले कोरोना जितेका छन् । ७४ जनाको मृत्यु भएको छ ।
कमेन्ट लोड गर्नुस