सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर हेप्पिनेसद्धारा अवस्थीको जन्म दिनको अवसरमा सहयोग

२०७७ माघ २, १२:५४ खबर संवाददाता

धनगढीः हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेशको मोटिभेस्नल टिमकि सदस्य पुजा अवस्थीको जन्म दिन मनोरोगीसँग मनाईएको छ।  सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेप्पिनेसको मोटिभेस्नल टिमकि सदस्य पुजा अवस्थीको आज परेको जन्म दिन दृष्टि फाउन्डेसनमा आश्रीत मनोरोगीलाई सहयोग गर्दै मनाईएको हो।

फाउन्डेसनमा हृदयको आँखा कार्यक्रम आयोजना गरि अवस्थीको जन्मदिन मनाईएको हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेशका संयोजक घनश्याम भण्डारीले बताए।

जन्म दिनको अवसरमा फाउन्डेसना आश्रित मनोरोगीहरुका लागि दाल, चामल, पिठो, सर्फ, तेल बिस्कुट, चिनी ,चिउरा,सोयाबिन र मसला, लगायतका सामान हस्तान्तरण गरिएको भण्डारीले बताए। सहयोग सामाग्री हस्तान्तरण गर्दै अवस्थीले संस्थामा आबद्ध भएर मनोरोगीलाई सहयोग गरी जन्म दिन मनाउन पाउँदा खुसी व्यक्त गरिन्।  

संस्थाका संयोजक भण्डारीले हेप्पिनेसको खुसी नपुगेको स्थानमा खुसी पुगाउने र आबश्यक परेको परिवार संस्थाहरुमा सहयोग गर्ने उद्देश्यले नै दृष्टि फाउन्डेसनमा आश्रीत मनोरोगीलाई सहयोग गरिएको बताए।असहायसंग संस्थाका पदाधिकारी एवंम् सदस्यको जन्मोत्सव मनाउने कार्यक्रमलाई निरन्तरता दिदै हृदयको आँखा कार्यक्रम गरिदै आएको उनले बताए।  

फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले हेप्पीनेसले असहायको संरक्षण अभियानमा पुगाउँदै आएको सहयोग र संस्थाले गरेका विभिन्न कार्यहरुको खुलेर प्रशंसा गरिन्। उनले अगामी दिनमा समेत फाउन्डेसनले साथ सहयोग पाउने अपेक्षा व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी छन्।

जन्मोत्सव कार्यक्रममा हेल्पफर हेप्पिनेस सुदूर पश्चिम प्रदेश कमिटी सदस्य र मोटिभेस्नल टिमका सदस्यहरु र अवस्थीका बुवा दीर्घ राज अवस्थीको पनि सहभागिता रहेको थियो। ह्याप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिनमा ह्रदयको आँखा कार्यक्रम मार्फत असहायहरुलाई सहयोग गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस