सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७७ पुष २९, ०३:३४ खबर संवाददाता

धनगढी: कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–३ का ४२ को जयबहादुर धानुक रहेका छन्। 

फरार सूचिमा रहेका धानुकलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

घटना भएको २०७४ फागुन २० गतेदेखि फरार रहेका उनलाई जिल्ला अदालत कञचनपुरले २०७५ जेठ २३ गते २ महीना कैद र ८२ हजार जरिवाना सजाय सुनाएको थियो। 

पक्राउपछि अदालतले धानुकलाई कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।

कमेन्ट लोड गर्नुस