सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी गर्नुहोस यूट्यूबबाट भिडियो डाउनलोड

२०७७ पुष २९, ०१:४१ खबर संवाददाता

कमल धिताल: कम्प्युटरमा यूट्युबका भिडियो कसरी डाउनलोड गर्ने भन्ने सोच्दै हुनुहुन्छ ? अनेक प्रयास गर्दा पनि सक्नुभएको छैन भने तपाईंका लागि यहाँ सजिलो उपाय छ।  

एकपटक यूट्यूब भिडियो डाउनलोड गरिसकेपछि त्यसलाई चाहेको समयमा अघाउञ्जेल हेर्न सकिन्छ, इन्टरनेट कनेक्सनको चिन्ता नलिइकन। यहाँ हामी तपाईंलाई यूट्यूब भिडियो डाउनलोड गर्ने तरिका सिकाउँदैछौं।

सामान्यतया यूट्युबमा भएका भिडियो डाउनलोड गर्न अन्य कुनै साइट वा एप्लिकेशनको मद्दत लिनुपर्ने हुन्छ। तर यसो नगरी पनि तपाईंले सजिलै आफूलाई मनपर्ने भिडियो डाउनलोड गर्न सक्नुहुन्छ।

यूट्यूब एपबाट भिडियो डाउनलोड

यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिन्छ। त्यसका लागि तल भनेबमोजिम गर्नुस्।

१. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस्

२ एपमा कुनै पनि भिडियो खोल्नुस्

३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ। यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति दिएको छ भने मात्रै यो बटन देखिन्छ ।

४. डाउनलोडमा थिच्नुस् र त्यसपछि तुरुन्तै भिडियो डाउनलोड हुन थाल्छ । यसलाई तपाईं मन लागेको समयमा हेर्न सक्नुहुन्छ।

यूट्यूबबाट भिडियो डाउनलोड गर्ने सरल तरिका यही हो। तर, सबै भिडियोहरु डाउनलोड गर्नलाई उपलब्ध हुँदैनन् र यो विधिले मोबाइलमा मात्र काम गर्छ । यदि तपाईं आफ्नो कम्प्युटरमा भिडियो संग्रह गर्न चाहनुहुन्छ भने त्यसको अर्कै तरिका छ ।

विन्डोज, म्याक वा लिनक्समा कसरी यूट्यूब भिडियो डाउनलोड गर्ने ?

विन्डोज, म्याकओएस र लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्नका लागि एउटा फ्री एप छ जसलाई फोर के (4k) भिडियो डाउनलोडर भनिन्छ । यसले कुनै पनि भिडियो डाउनलोड गर्न सकिन्छ । तलका आदेशहरु अनुशरण गर्नुस् :

१. 4k भिडियो डाउनलोडर डाउनलोड गर्नुस्

२. आफूले डाउनलोड गर्न चाहेको भिडियोमा जानुस् । आफ्नो ब्राउजरको एड्रेसबारबाट त्यसको यूआरएल कपी गर्नुस्

३. 4k भिडियो डाउनलोडर खोल्नुस र हरियो पेस्ट लिंक बटनमा क्लिक गर्नुस् ।

४. अब एपले भिडियोलाई टुक्र्याउनेछ र तपाईंलाई केही प्रतिवद्धताहरु गर्न लगाउनेछ ।

५. ब्राउजमा क्लिक गर्नुस् र भिडियो कहाँ सेभ गर्ने हो छनोट गर्नुस् । त्यसपछि डाउनलोडमा क्लिक गर्नुस् ।

६. अब एपले भिडियो डाउनलोड गर्नेछ । भिडियोलाई फुृल रिजोलुसनमा डाउनलोड गर्ने यो सर्वोत्तम तरिका हो । अन्य विकल्पहरुमा जाँदा तपाईंल ७२० पिभन्द्या ठूलो रिजोलुसनमा डाउनलोड गर्न सक्नुुहुन्न ।

वेबसाइट प्रयोग गरेर भिडियो डाउनलोड

यदि तपाईंले एपबाट यूट्युब भिडियो डाउनलोड गर्न सक्नुभएन भने वेब ब्राउजरबाट पनि गर्न सक्नुहून्छ । यी कदमहरु चाल्नुस् :

१. भीडीयूट्यूब खोल्नुस

२. भिडियोको यूआरएललाई कपी र माथिको ठूलो र्फममा पेस्ट गर्नुस्।

३. ‘गो’ मा क्लिक गर्नुस्

४ डाउनलोड बटनमा क्लिक गर्नुस

५. आफूले चाहेको फर्म्याट छनोट गर्नुस्। त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ।

६. आफूले चाहेको फर्म्याट छनोट गर्नुस् र त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ।

यो विधिले तपाईं ७२० पी भिडियोहरु बिना झन्झट डाउनलोड गर्न सक्नुहुनेछ। योभन्दा माथिको रिजोलुसन छनोट गर्नुभयो भने अडियो बिना भिडियो मात्रै डाउनलोड हुनेछ। यो विधिले आइओएस र एन्ड्रोइडमा काम गर्दैन।

थप यस्तै जानकारीका लागि लेखकको ब्लग हेर्नुहोस

कमेन्ट लोड गर्नुस