सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम पुगेर नेकपा सुदूरपश्चिमका अध्यक्ष थापाले भने– भीम रावलसँग राजनीतिक संस्कार छैन

२०७७ पुष २८, ०७:३४ खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका केन्द्रीय सदस्य तथा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा दाहाल–नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताएका छन्। 

मंगलबार ओली समूहको अछाम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए।  नेता रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए। 

सरकारका राम्रा कामको प्रचार गर्न छोडेर सरकारलाई गाली गर्दै हिँड्न भ्याएका रावलले पार्टी एकता नचाहेको पनि थापाले आरोप लगाए। ‘सरकारका राम्रा काम देखेर अतालिएकाहरू पार्टी विभाजनतर्फ लागेका छन्’, उनले भने, ‘पार्टी एकतापछि पनि माधवप्रचण्डको स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री केपी ओलीविरुद्वमा लागेकाले उनीहरूमा कुनै राजनीतिक एजेन्डा छैन।’

साथै उनले अछाममा ओली समूहको संगठन बलियो रहेको दाबी गरेका छन्। 


 

कमेन्ट लोड गर्नुस