सुदूर नेपाललाई विश्वसँग जोड्दै

के यो नेपालीकै सरकार हो ? : मनिषा कोइराला

फाइल फोटो
फाइल फोटो
२०७७ पुष २७, ०४:३४ खबर संवाददाता

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको टिप्पणी गरेकी छन्।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन प्रशासनले अवरोध गरेपछि उनले सरकारप्रति आक्रोश व्यक्त गरेकी हुन।

सोमबार परेको पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीमा सिंहदरबारको मूलगेट अगाडि रहेको शालिकमा माल्यार्पण गर्न जाँदा उनलाई अवरोध गरिएको कोइरालाले बताएकी छन्।

उनले केहि दिनपहिले पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आग्रह गरेकी थिइन् भने उनी त्यससम्बन्धी आयोजक समितिमा समेत रहेकी छन्।

‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ। तर उसको व्यवहार ठीक उल्टो देखियो। पृथ्वीनारायणको शालिक अगाडी नै सरकारको यो आपत्तिजनक कार्य?’ प्रशासनको अवरोधपछि कोइरालाले ट्विटरमा लेखेकी छन्, ‘पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?’

कमेन्ट लोड गर्नुस