सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट

२०७७ पुष २७, १२:२१ रासस

काठमाडौँ : तोलामा दुई हजार ३ सय रुपैयाँले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः ८ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजार रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँले घटेको छ ।

आइतबार एक हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

कमेन्ट लोड गर्नुस