सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलिथम थारू सेवा समाज उदयपुरद्वारा ‘जय हो माघी’ म्युजिक भिडियो सार्वजनिक

२०७७ पुष २७, ०८:१२ खबर संवाददाता

काठमाण्डौः मलिथम थारू सेवा समाजले उदयपुर जिल्लाको पहिलो थारू साँस्कृतिक गीत जय हो माघीको म्युजिक भिडियो सार्वजनिक गरेको छ।

भगवानी चौधरी (भिभास) को शब्द रचना तथा मलिथम थारू सेवा समाज उदयपुरको प्रस्तुतिमा तयार पारिएको यो गीतको म्युजिक भिडियो सगरमाथा मिडिया एण्ड ईन्टरटेनमेन्ट नामको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो।

थारू समुदायकी चर्चित गायिका अन्‍नु चौधरी र गायकहरू आर.सी चौधरी, विजय चौधरी र स्वयम् रचनाकार भगवानी चौधरीको समेत स्वर रहेको उक्त म्युजिक भिडियो उदयपुर जिल्लाकै पहिलो थारू साँस्कृतिक गीत रहेको निर्माण पक्षले जनाएको छ।

थारू समुदायको महान मौलिक पर्व माघी अर्थात तिलासंक्राईतलाई लक्षित गरी तयार पारिएको यस भिडियोमा थारू समुदायको कला, संस्कृति झल्किने किसिमका सामग्रीहरू र थारू परिकारहरु देखाइएको छ।

उदयपुरको हडियामै छायांकन गरिएको उक्त गीतको भिडियोमा मुख्य कलाकारको रूपमा सबिता चौधरी, आर सी चौधरी, सम्झना लेखी, उदय नारायण चौधरी, डिएन चौधरी, सबि चौधरी, सिमा चौधरी, बिजय चौधरी र भिभास चौधरीको अभिनय रहेको छ।

जनक चौधरीद्वारा निर्देशित गीतको भिडियोलाई कोशी भिजन प्रालिका सुमन तामाङको छायाङ्कन गरेको हुन्। त्यस्तै विमल चौधरी र रामनारायण खोन्मा थारूको सहायक नृत्य निर्देशन रहेको यस भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो

 

कमेन्ट लोड गर्नुस