सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २५९ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

२०७७ पुष २६, ०७:३० खबर संवाददाता

धनगढी:  नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८२ हजार २ सय ४६ पुगेको छ। 

आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ५७ जना क्वारेन्टाइनमा छन्। 

गत २४ घण्टामा ५ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस