दिनेश अटोमोटिभ्स धनगढीमा बजाजको 'डोमिनार २५०' मोटरसाइकल लञ्च
धनगढीः दिनेश अटोमोटिभ्स धनगढीले एफआई इन्जन भएको बजाजको डोमिनार २५० मोटरसाइकल लञ्च गरेको छ। पहिले ४०० सीसी सेग्मेन्टमा बजारमा उपलब्ध यो मोटरसाइसललाई अहिले बजाजले २५० सीसी सेग्मेन्टमा लञ्च गरेको हो।
एफआई इन्जन भएको यस मोटरसाइकलमा कम्पनीले सिगंल सिलिन्डर, ४ भल्भ, एफआई, लिक्वीड कुल्ड इन्जिन दिएको छ। डोमिनर २५० मा २४८ सीसी इन्जिन रहेको छ। मोटरसाइकलमा ६ स्पीडको गियर र स्लिपर कल्च उपलब्ध रहेको छ।
यो मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ। यस मोटरसाइकलले ८.२३ सेकेण्डमा १३२ किलोमिटरको गतिले स्पीड समात्न सक्ने बताइएको छ।
डोमिनार २५० मा इन्धन क्षमता १३ लिटर रहेको छ।