सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रधानमन्त्री ओलीको पुतला दहन

२०७७ पुष २४, ०२:१४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार पुतला दहन गरेको हो। 

प्रतिनिधिसभा विघटनको विरोधमा अखिलले जिल्ला सदरमुकामस्थित तुफानडाँडा चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ।

उनीहरुले प्रधानमन्त्रीको कदमको चर्को आलोचना गर्दै नारावाजी गरेका थिए।

कमेन्ट लोड गर्नुस