सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकाे चुरेका गाउँमा पहिलोपटक खानेपानी पुग्यो

२०७७ पुष २३, ०४:०० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको भित्रिमधेसमा पर्ने चुरेका गाउँमा खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन्।  खानेपानी पुगेसँगै १ किलोमिटर टाढाबाट पिठ्युमा बोकेको पानी खानुपर्ने बाध्यताको अन्त्य भएको छ। 

करिब ४ किलोमिटर टाढा रहेको शिर्ष क्षेत्रबाट पाइपद्वारा परशुराम नगरपालिका–३ को चुरेमा रहेका कालापात्थर, कालढुङ्गी, आमथला र सिमल्टा गाउँमा खानेपानी पुगाइएको छ। 

करिब ढाई करोडमा सम्पन्न भएको कालापात्थर कालढुङ्गी आमथला सिमल्टा खानेपानी योजनाबाट १ सय १५ घरधुरी लाभान्वित भएका छन्। 

खानेपानी योजनाको अहिले ८० प्रतिशत काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ।

२ वर्ष पहिलेदेखि सुरु भएको योजनाको काम आउँदो फागुनमा सकिने डिभिजन कार्यालय प्रमुख गोविन्द प्रशाद देवकोटाले बताए। 

कमेन्ट लोड गर्नुस