सुदूर नेपाललाई विश्वसँग जोड्दै

१,३०० ले घट्यो सुनको मूल्य

२०७७ पुष २३, ०१:२५ रासस

काठमाडौँः स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला एक हजार ३०० ले ओरालो लागेको छ। पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ। यो बुधबारका तुलनामा एक हजार ३०० ले कम हो। छापावाला सुन बुधबार  प्रतितोला ९६ हजार ७०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोही सुन बुधबार तोलामा ९६ हजार २०० मा कारोवार भएको थियो। तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ। 

यस्तै चाँदी भने तोलामा १० ले मात्रै ओरालो लागेको छ। प्रतितोला एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ।

कमेन्ट लोड गर्नुस