सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ग्याङफाइट, युवकमाथि चक्कु प्रहार

२०७७ पुष २२, ०८:३६ खबर संवाददाता

धनगढी: धनगढीमा युवकहरुको समूहमाथि अर्को एक युवा समूहले आक्रमण गरेकाे छ।

उप-महानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडीमा भएको घटनामा एक युवक घाइते भएका छन्। 

घाइते हुनेमा धनगढी–४ कै १८ वर्षीय भुवन विष्ट रहेका छन्। उनी र उनको समूहमाथि अर्को एक मोटरसाइकलमा आएका समूहले चक्कु प्रहार गरी फरार भएका थिए।  

प्रहरीका अनुसार फरार समूहको खोजी कार्य सुरु भएको छ।

कमेन्ट लोड गर्नुस