सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेस्रो पटक सम्बन्ध विच्छेद गर्दै चर्चित नायिका कार्दशियन

२०७७ पुष २२, ०३:१८ खबर संवाददाता

काठमाडौं: चर्चित अमेरिकन नायिका किम कार्दशियनले तेस्रो पटक सम्बन्ध विच्छेद गर्ने भएकी छिन्।

कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन्।

उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने तयारी थालेका हुन्। तर, अहिलेसम्म किमले डिभोर्सको फाइल भने दर्ता गरिसकेकी छैनन्। तर, केही समयदेखि उनीहरु अलग–अलग बस्दै आएकाे ई न्यूजले जनाएकाे छ। 

किमले सन् २००० मा डेमन थोमससँग पहिलो पटक विवाह गरेकी थिइन्। त्यो सम्बन्ध मुश्किलले ४ वर्ष टिकेको बताइएको छ।

त्यसपछि उनले बास्केटबल प्लेयर क्रिस हेम्पशायरसँग विवाह गरिन्। विवाहको ७२दिनपछि उनले डिभोर्स दिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसपछि उनले कान्ये वेस्टसँग विवाह गरेकी हुन्। 

कमेन्ट लोड गर्नुस