सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धूम-४’ मा ऋतिक र जोन

२०७७ पुष २२, ०३:०९ खबर संवाददाता

धनगढीः  फिल्म धूम सीरीजको चौथो पार्टनरलाई लिएर धेरै समयदेखि चर्चा चलिरहेको छ।

फिल्मको पहिलो फ्रेन्चाइजीमा जोन अब्राहम, दोश्रोमा ऋतिक रोशन, तेश्रोमा आमीर खानले जबर्दस्त एक्शन गरेका थिए ।

यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार धूम ४ मा जोन अब्राहम र ऋतिक रोशन एकसाथ देखिनेछन्।

अभिनेत्री दीपिका पादुकोण लेडी भिलेनमा देखिने भनिए पनि अब यो फिल्ममा नदेखिइने बताइएको छ।

कमेन्ट लोड गर्नुस