सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ५२२ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

२०७७ पुष २१, ०४:४८ खबर संवाददाता

धनगढी: नेपालमा ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ। 

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। 

गत २४ घण्टामा ५ सय ७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस