सुदूर नेपाललाई विश्वसँग जोड्दै

उकालो लाग्यो सुनको मूल्य

२०७७ पुष २१, ०१:३१ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा एक हजार १०० ले वृद्धि भएको छ।

 छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ। 

छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सो सुन प्रतितोला ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो। 

यस्तै चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला एक हजार ३३५ मा कारोवार भएको छ। चाँदी प्रतितोला एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो।

कमेन्ट लोड गर्नुस