भुटान मन्त्रिपरिषद्का अध्यक्ष स्वदेश फर्कँदै

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्कन लागेका छन । शुक्रबार लुम्बीनी पुगेका वाङचुक फर्कर्ने बेला भएकाले अहिले काठमाडौंको सोल्टीमोड देखि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलसम्मको बाटोमा अरु गाडी चलाउन रोक लगाइएको छ । क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका वाङचुक आज स्वदेश फर्कन लागेका हुन ।
