थारु चर्चित म्युजिक भिडियो ‘सोहलो सिंगार’का मोडेल गिरी र चौधरीलाई म्युजिक अवार्ड
धनगढीः थारु चर्चित म्युजिक भिडियो ‘सोहलो सिंगार’का मोडेलद्वय समिता गिरी र महेश चौधरीलाई स्पर्श म्युजिक अवार्डद्वारा सम्मानित गरिएको छ।
हिमालयन मुुभि प्रोडक्सन हाउसद्वारा काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई सो म्युजिक भिडियोको तर्फबाट स्पर्श म्युजिक अवार्ड २०२० बाट सम्मानित गरिएको हो।
कैलालीको मसुरियास्थित हमार म्यूजिक बगियाको ब्यानरमा निर्माण गरिएको सो म्युजिक भिडियोमा मोडेल समिता गिरी र महेश चौधरीको अभिनय रहेको छ। सो म्युजिक भिडियो थारु समुदायको अत्याधिक रुचाइएको म्युजिक भिडियो अन्तरगत पर्दछ।