सफल निर्णयक बन्दै गायक तन्डुकार र गायिका मल्ल
धनगढी ः पावर इन्टरनेसनल मिडियाको प्रस्तुति रहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘नेसनल पावर न्युज म्युजिक अवार्ड’ सम्पन्न भएको छ।
नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो यो तेस्रो संस्करणको कार्यक्रम हो। सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५२ विधामा ७१ वटा अवार्ड वितरण गरिएको थियो।
उक्त अवार्डमा गायक देवमान तन्डुकार र गायिका सिन्धु मल्लले सफतापूर्वक निर्णायकको भूमिका निर्वाह गरेका थिए।
नेवारी भाषाको गीतबाट अवार्ड जित्न सफल गायक तन्डुकार नेपाली सांगीतिक क्षेत्रमा झन्डै एक दशकभन्दा बढी समयदेखि सक्रियरुपमा आफ्नो गायनयात्रालाई निरन्तर अघि बढाइरहेका छन्।
दोश्रो नेसनल पावर न्युज म्युजिक अवार्डमा नेवारी भाषाको गीतबाट अवार्ड जित्न सफल तन्डुकार यसपटक भने निर्णायकको भूमिकामा देखिएका हुन।
दर्जनौं गीतहरु ल्याइसकेका गायक तन्डुकारले नेवारी भाषाको गीत बाहेक नेपाली भाषा र डोटेली भाषामा समेत गीत गाइसकेका छन्।
हालसम्म सयौं स्टेज कार्यक्रमहरुमा आफ्नो सफल प्रस्तुती दिइसकेका तन्डुकार गायनका साथै गीतार बादनमा समेत पोख्त छन्। गायक देवमान तन्डुकार सितोरियो करातेका फस्ट डन ब्ल्याक बेल्ट प्राप्त कुशल मार्शलआर्ट खेलाडी तथा प्रशिक्षक समेत हुन्।
यस्तै सोही नेसनल पावर न्युज म्युजिक अवार्डमा प्रमुख निर्णायकको भूमिका भने चर्चित गायिका सिन्धु मल्लले निर्वाह गरेकी थिइन।
गायिका मल्लले दुई दशकभन्दा बढीको गायनयात्राको क्रममा २० वटा आफ्नो एकल एल्बम, दुई हजारभन्दा बढी एल्बमहरु तथा चलचित्रका गीतहरुमा आफ्नो आवाज दिइसकेकी छिन्।
२० भन्दा बढी देशहरुमा आफ्नो सफल गायन प्रस्तुत गरिसकेकी गायिका मल्लले लगभग ५ हजार भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएकी छिन्।
नेपाली सांगीतिक क्षेत्रमा सफल बनेकी व्यवसायीक गायिका मल्लले २०६७ सालमा रेडियो थाहा संचार प्रालिको तीज गीत प्रतियोगीता, लिटिल प्राइड अफ नेपाल–२०२०, नेसनल पावर न्युज म्युजिक अवार्ड २०१९, कोलगेट इमेज लोक कलाकार सिजन २, इनास ग्लोबल अनलाइन गायन तथा नृत्य प्रतियोगीता २०२०, सगरमाथा म्युजिक अवार्ड २०१८, मिस्टर एण्ड मिसेस ब्युटिफुल नेपाल २०२०, मिस एण्ड मिसेस तीज नेपाल २०१८, मिस्टर एण्ड मिस नेपाल एसईई आइकन २०१९, मिस्टर एण्ड मिस ग्रेस प्लस टू २०१८ मा पनि सफलतापूर्वक निर्णयकको भूमिमा निर्वाह गरिसकेकी छिन्।
अब गायक देवमान तन्डुकार र गायिका सिन्धु मल्लको युगल गायन भएको गीत तथा देवमान तन्डुकारका लोकपप, देउडा, तामाङ्ग सेलो गीतहरु रिलिजको तयारीमा छन्।