कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारीले सुरु गर्यो मोबाइल बैंकिङ्ग सेवा

धनगढी : कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले मोबाइल बैंकिङ्ग सेवा सुरु गरेको छ ।
भीमदत्त नगरपालिका -४ महेन्द्रनगरमा मुख्य कार्यालय रहेको सहकारीले शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा सो सेवा सुरु गरेको हो ।
संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्दले प्रविधिको सदुपयोग गर्दै क्यास र पेपरलेस बनाउने उदेश्यका साथ सेवा सुरु गरिएको जनाउँदै ‘उदयदेव स्मार्ट एप्स’ मार्फत सेवा प्रदान गरिने बताए ।
अब उपभोक्ता तथा ग्राहकले घरमै बसेर आफ्नो खातामा रकम जम्मा एवम् ट्रान्सर्फर गर्न सक्ने र गैर उपभोक्ता तथा ग्राहकलाई पनि अन्य बैंकमा रकम ट्रान्सफर, विद्युत्, खानेपानी, मोबाइल रिचार्ज सुविधा उपलब्ध गराईने उनले बताए ।
त्यस्तै सुदूरपश्चिम प्रदेशभर कार्यक्षेत्र विस्तार गर्नेे योजना बोकेको सो सहकारीले आगामी माघभित्र धनगढी र अत्तरियामा शाखा विस्तार गर्ने कार्यकारी प्रमुख चन्दले बताएका छन् ।



