सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौँ : मन्त्री भट्ट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताएका छन्।
ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ आँै साधारणसभा उद्घाटन’ का क्रममा आज उनले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताए। उनले भने, “हामीले प्रकृतिले दिएका स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न अझै सकेका छैनाँै।
मुलुकमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सही तरिकाले काम गर्न आग्रह गर्दछु। यदि कुनै व्यवसायीले गल्ती गरेमा त्यसलाई कानूनी कारवाहीको दायरामा पनि ल्याउनेछाँै।” मुलुकलाई आर्थिक समृद्धि तिर अघि बढाउन उत्पादनलाई गुणस्तरीय बनाउन जरुरी रहेको उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कोेभिडले लथालिङ्ग बनाएको अर्थतन्त्र जोगाउन सरकारले व्यवसायीलाई राहतको कार्यक्रम घोषणा गर्नुपर्ने औँल्याए।