सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा थप १५ जनामा कोरोना पुष्टि

२०७७ पुष ५, ०५:४६ खबर संवाददाता

अछाम: अछाममा थप १५ जनामा कोरोना भाइरसको संक्रमाण पुष्टि भएको छ। आइबार कमलबजार नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। 

१ सय ४३ नमूना परीक्षण गर्दा जिल्लाको मंगसेन नगरपालिकाका १० जना, यस्तै अछामको चौरपाटी गाउँपालिका, कैलालीको टिकापुर नगरपालिका, बैतडीको पुर्चाैडी नगरपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाकाका १/१ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस