दार्चुलामा पेन्सन बुझ्न गएका भुपू सैनिकको शव फेला
दार्चुला: दार्चुलामा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको लेकम गाउँपालिका–५ का ३९ वर्षीय जगदिश बोहराको शव फेला परेको हो।
पूर्व नेपाली सैनीक रहेका बोहरा आइतबार पेन्सन बुझ्नका लागि सदरमुकाम खलंगा गएको र घर नफर्किएपछि खोजी गर्दा आफन्तले बुधबार शव फेला पारेको प्रहरीले जनाएको छ।
अहिले इलाका प्रहरी चौकी रिठाचौपाताबाट खटिएको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।